काठमाडौं – गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका छन् । हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर अमर्यादित टिप्पणी गरे ।
नयाँ सरकार गठनमा अलमल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका थिए । दुई दिनअघि मन्त्रीबाट राजीनामा दिएका मनाङे पनि धर्नामा सहभागी थिए । त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गरे ।
जवाफमा मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’
यसअघि एमाले नेतृत्वको सरकारमा मनाङे युवा तथा खेलकुद मन्त्री थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३