कलम चुनाव चिन्ह लिएर एमालेको माधव नेपाल पक्षद्वारा नयाँ दल दर्ता

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताद्वारा निर्वाचन आयोगमा कलम चिन्हसहित नयाँ दल दर्ता गरिएको छ ।

दुई दिनअघि जीवन राईको अध्यक्षतामा दल दर्ता गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार पार्टीलाई आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत दिइसकिएको छ ।

वरिष्ठ नेता नेपाल पक्ष जीवन राईको नेतृत्वमा गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन गरिएको थियो । दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार