काठमाडौं – सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा खुलाउन लागिएको बुझिएको छ ।
सरकारले विद्यालयहरु भने अझै बन्द गराउने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३