काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीका अनुसार काठमाडौं उपत्यकामा असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । साथै, सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ । अब उपत्यकाभित्र सबै सवारी साधन गुड्न पाउने भएका छन् । अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिन्छ ।
त्यस्तै, काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ ।
कोरोना भाइरसको निणन्त्रणका लागि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । उपत्यकामा पछिल्लो समय थप भएको निषेधाज्ञा सोमवार राति १२ बजेबाट सकिँदैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३