काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टीभित्र देखिएका समस्याहरु समाधान गर्न कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको थियो । सोही सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने भएको छ ।
तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र कार्यदलले गरेको उक्त सहमतिबारे असन्तुष्टि छ। नेपाल आफैँले पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी कार्यदलको सहमतिलाई गलत रूपमा व्याख्या गर्न नहुने बताइरहेका छन्।
यसबारे नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आजै भर्चुअल रूपमा हुने नेताहरूले बताएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३