काठमाडौं – मित्रराष्ट्र चीनले नेपाललाई कोभिड–१९ विरुद्ध थप १६ लाख डोज खोप दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिन बालुवाटार पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यस्तो घोषणा गरेकी हुन् ।
भेटवार्तामा राजदूत यान्छीले नेपाललाई कोरोनाविरुद्ध लड्नको लागि निरन्तर सहयोग गर्ने पनि विश्वास दिलाएकी थिईन् । परराष्ट्र मन्त्रालयले उक्त भेटवार्ताबारे जानकारी दिँदै जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएका दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३