काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिमा बहुमतमा रहेको बाबुराम–उपेन्द्र समूह संसदीय दलमा पन बलियो भएको छ ।
ठाकुर समूहका चार सांसदले गुट परिवर्तन गरेसँगै बाबुराम–उपेन्द्र पक्ष संसदीय दलमा बराबरी हैसियतमा पुगेको हो । सो पक्षको शनिबार ललितपुरको कुमारी पाटीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय दल बैठकमा ठाकुर पक्षका चार सांसद सहभागी भएका छन् ।
प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल दल बैठकमा सहभागी भएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । राजकिशोर यादवसहित अरु केही सांसदले पनि ठाकुरको साथ छाड्ने अन्तिम तयारी गरेको श्रोतको दाबी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३