काठमाडौँ – राजनीतिक समिकरणमा अचानक देखिएको परिवर्तनसँगै आज संसदबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत प्राप्त गर्ने पक्का भएको छ। जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने निर्णय गरे सँगै यस्तो देखिएको हो।
अब एमालेको माधव नेपाल समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने निश्चित भएको हो । प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा भएको छलफलले देउवाको पक्षमा मत जुटाएको हो।
छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका थिए । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित रहेको थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत हुने भएको छ । विश्वासको मतका लागि आवश्यक १ सय ३६ मत भन्दा ७ मत बढी उनको पक्षमा देखिईसकेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३