सरकारमा पठाउने मन्त्रीबारे माओवादीले आज स्थायी कमिटी बैठकमा छलफल गर्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने छ ।

बैठकमा सरकारमा जाने मन्त्रीका विषयमा पनि छलफल गरिने छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सञ्चालनको साझा कार्यक्रम बनाएर जाने विषयमा छलफलसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार