वीरगंज – देशकै आर्थिक नगरी र नेपालको सबै भन्दा बढी राजल्स्व संकलन गर्ने मुख्य भन्सार नाका वीरगंज रहेको छ । तर यस वीरगंज भन्सार कार्यालयलाई नेपाल सरकारले दिएको लक्ष्य भने वीरगंज भन्सार कार्यालयले असुली गर्न नसकनु भन्सार कार्यालयका कर्मचारी पनि मुख्य कारण रहेको प्रष्ट देखिन्छ।
गत आर्थिक वर्ष २०७७ं / २०७८ को जेष्ठ महिनामा राजस्व संकलनमा निकै कमि आएको हो । नेपालमा आयत हुने वस्तुमा कुनै कमी नरहे पनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने कमी आएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
पर्साको ग्रामीण क्षेत्रमा रहेको नाका नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले भन्सार भित्रैबाट कर्मचारीको मिलोमतोमा ठूलो मात्रामा तस्करी भईरहेको एक भन्सार एजेन्टले नाम उल्लेख नगर्ने शर्तमा हामीलाई बताए ।
पर्सा प्रहरी प्रमुख वेलबहादुर पाण्डे र सशस्त्र प्रहरी प्रमुख राजेन्द्र खडकाले तस्करीमा कडाई गरेपछी तस्करहरुले अहिले बीरगंज भन्सार कार्यालयको कर्मचारीहरुसंगको मिलेमतोमा भन्सार भित्रैबाट ठूलो मात्रामा तस्करी भइ रहेको श्रोतको दावी रहेको छ । अको तर्फ वीरगंज भन्सार कर्मचारी भन्सार एजेन्ट र ब्यापारीहरुको मिलोमतो मै भन्सारका कर्मचारीहरुले भन्सार जाचपास गराउने ब्यापारीहरुसंग मोटो रकम लिएर मुल्यांकन कम गरी भन्सार जाचपास गर्ने गरेको कारण वीरगंज भन्सारले पाएको लक्ष्य पुरा गर्न नसकेको एक ब्यापारी बताउछन ।
वीरगंज भन्सारका कर्मचारीहरुले वजनमा आउने सामानहरुमा वजन कम गरी भन्सार गर्ने गरेको रहस्य समेत पत्ता लागेको छ । वजनमा भन्सार हुने सामानहरु जस्तै मार्वल, ग्रॆनाईड जस्ता महंगा सामानहरुमा मुल्यको ३० प्रतिशत भन्सार राजश्व लाग्ने भएतापनी ठूलो परिमाणमा आएका यी समानहरुलाई वजन कम गरी भन्सारका कर्मचारीहरु जाचकी र भन्सार एजेन्टको सेटिंगमा जाचपास गरी राजश्व चुहावट गर्दैछन भन्सारका कर्मचारीहरु ।
मुल्यांकन र एमारपि को ६०/४० को भागबन्डा गर्ने साथै वजन कम देखाई किलोमा मुल्यांकन भएको सामान एमआरपीमा पास गर्ने र एमआरपी भएको सामानहरुमा महंगो भन्सार लाग्ने माल बस्तुहरुमा एमआरपी च्यातेर ब्यापारीहरुले ल्याएपछी कम मुल्यांकन गरी जाचपास गर्ने जस्ता कारणले वीरगंज भन्सारको राजस्व संकलनमा कमी आउनु पनि एक प्रमुख कारण रहेको श्रोतले बतायो ।
वीरगंजबाट दैनिक दुई करोड भन्दा बढी राजस्व छलि गरि भन्सार भित्रैबाट तस्करीको समानहरु लत्ताकपडा, एलईडी टिभी, जस्ता सामानहरु भन्सार कर्मचारीहरु कै मिलोमतोमा नेपाल भित्रीने गरेको एक भन्सार एजेन्ट्ले नाम नबताउने सर्तमा बताएका छन ।
भर्खरै केही महिना पहिला बीरगंज १७ स्थित रहेको आईसिपी भन्सारबाट जाचपास भै छुटेको धान बोकेको टक भित्र अबैध रुपमा भन्सार छलेर ४५ लाख मुल्य बराबरको ४० गाठ लत्ता कपडा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोलीले नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैया बारा बुझाएको थियो भने केही महिना पहिला पनी आईसिपी भन्सार बीगंजबाट जाचपास भइ निस्केको कागज बोकेको ट्रक भित्रबाट अबैध रुपमा भन्सार छलेर ९४ गाठ कपडा करौडो मुल्य बराबरको भारतिय नम्बरको गाडी सहित १३ नम्बर गण चिनिमिल पर्साका तत्कालिन सशस्त्र प्रहरीको प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरको कमाण्डमा नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैया बारा बुझाएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनिमिल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले २०७७ साल चैत्र ११ गते आईसिपी भन्सारबाट जाचपास भइ धान लोड भइ छुटेको बि आर ०६ जिवी ४१५६ नम्बरको भारतिय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर चेकजाच गर्दा सो धान बोकेको माल बाहक गाडीबाट ९३ गाठ सटिङ्ग सुटिङ्ग कुर्ता शुरुवाल महंगा साडीहरु गरी करिव १ करोड ५ लाख रुपैया बराबरको सामान र भारतिय नम्बरको गाडी सहित राजश्व अनुशंधान कार्यालय पथलैयामा बुझाएका थिए । कैयौं पटक गरी करौडो रुपैया बराबरका अबैध सामानहरु सहित गाडीहरु नियन्त्रणमा लिएर राजश्व अनुशंधान बारामा पठाएका छन । यिनीहरु त द्धय प्रहरीहरुको आखामा परेका कारणले गर्दा संचारकर्मीहरुले सार्वजनिक गरेका हुन । यस्ता कती घटनाहरु छन जुन भन्सारले जानकारी नै दिन चाहदैन ।
वीरगंज भन्सारमा चेकजाच गर्ने जाचकी र एजेन्टहरुले पैसा नलिएको मालसामान भएको गाडिहरुलाई चेकजाच गर्ने ढिलाई गर्ने गरेको सवारीधनीहरुले जनाएका छन्।
अहिले वीरगन्ज भन्सार कार्यालयले लगभग ९९ दशमलव ६ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । विभिन्न बाहाना देखाई सरकारले दिएको लक्ष्य पुरा गर्न नसक्ने तर कर्मचारी र भन्सार प्रमुखले भने आफुले जुन लक्ष्य लिएर वीरगंज भन्सार आएका हुन्छन त्यो लक्ष्य चाहिँ पूरा गर्ने गरेको आम मानिसहरुको बुझाई रहेको छ ।
यदि समयमै सम्बन्धित निकायका मन्त्री र बिभाग प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरुको गतिबिधिमा ध्यान् दिएन भने वीरगंज भन्सारले पाएको लक्ष्य पूरा हुन सधै नै गाहृो हुनेछ । भन्सार कंगाल भन्सार कर्मचारी मालामाल हुने क्रमको समय मै सरोकारवालाको ध्यान जान जरुरी छ। राज्यको अखियार प्राप्त निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्बन्धीत निकाए र सरकारको पनी समयमै यस तर्फ ध्यान जान जरुरी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३