काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई बडामहाराजाधिराजको संज्ञा दिँदै आममाफी दिएकोमा आफूहरू गदगद भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ओलीले दिएको आममाफी बडामहाराजाधिराजको हुकुम जस्तै भएको टिप्पणी गरे ।
उनले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहर्रूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्गद् भयौं !’
वरिष्ठ नेता नेपालले ओली खुसी भएको भनेर व्यङ्ग्य गर्दै यस्तो चरित्रलाई कम्युनिष्ट भन्ने हो भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’
एमाले अध्यक्ष ओलीले बिहीबार ललितपुरको एक कार्यक्रममा बाटो बिराएका नेताहरूलाईै आममाफी दिने घोषणा गरेका थिए । उनले आजको दिनसम्म जे जस्तो भए पनि अब पार्टीमा मिलेर जानुको विकल्प नभएको भन्दै आममाफी दिएको बताएका थिए । त्यसअघि अध्यक्ष ओलीले देउवाको पक्षका हस्ताक्षर गर्ने २२ सांसद्लाई स्पष्टिकरण सोधिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३