काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण भारत नै हुने निश्चित् भएको छ । प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतले बधाई दिएको थिएन ।
तर, प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधार्इृ दिएका थिए । त्यसपछि चीन, अमेरिकालगायत विभिन्न देशबाट उनलाई बधाई आइसकेको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवालाई उनको निजी निवास बुढानिलकण्ठै पुगेर नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले बधाई दिएका थिए । भारतीय राजदूत विनयमोहन क्वात्राले पनि उनलाई बुढानिलकण्ठमै पुगेर बधाई दिएका थिए ।
प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएको तीन साता बित्न लाग्दापनि अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धनमा आवद्ध दलहरुले सरकारमा क–कसलाई पठाउने भनेर नाम दिन ढिलाई गर्दा मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाई भैरहेको छ । मन्त्रिपरिषद् विस्तार गरिसकेपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानसक्ने तयारी भएको छ ।
यसको लागि भारतीय राजदूत क्वात्रा नयाँ दिल्ली प्रस्थान् गरिसकेका छन् । उनले प्रधानमन्त्री देउवाको छोटो भ्रमण गराउनेगरि तयारी थालेको उच्च स्रोतले जनाएको छ । स्रोतले भन्यो,‘प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण भारत नै हुन्छ । यसको लागि भारतले तयारीसमेत थालिसकेको छ। अहिले राजदूत नयाँ दिल्लीमा हुनुहुन्छ ।’ देउवाले दुई दिने भ्रमण गर्ने र त्यस क्रममा सार्वजनिक कार्यक्रममा सरिक हुनेभन्दापनि उच्चस्तरीय राजनीतिक भेटवार्तामात्रै गर्ने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३