काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । अहिले केहीबेरमा बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भएको छ ।
यसअघि पनि मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । तर, दाहालले पनि अहिलेसम्म सरकारमा क–कसलाई पठाउने भन्नेबारे नाम तय गरिसकेका छैनन् ।
केही पहिले एक सार्वजनिक कार्यक्रममा उनले आफूलाई मन्त्री बनाउनको लागि हम्मेहम्मे भएको प्रतिक्रिया दिएका थिए । मन्त्री बन्नको लागि आफूले ठूलो दबाब झेलेको बताएका थिए । मन्त्रीको नाम टुँगो लगाउनुको अलावा समसामयिक राजनीति र पार्टीको सांगठनिक संरचनबारे छलफल गर्ने एजेन्डा रहेको पनि बताईएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३