काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि लचिलो हुने निर्णय गरेको छ । आज आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले संयमित भएर बढ्ने निर्णय गरेको नेता रघुजी पन्तले पत्रकारहरुलाई बताए ।
पन्तले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटवार्ता हुने खुलासा गरे । तर, उनले त्यसको मितिबारे केही खुलाएनन् । दुवै नेताले एकताका लागि ठोस कुराकानी गर्ने बताए । उनले भने, ‘उहाँहरुबीच छिट्टै भेटवार्ता हुने सुनेको छु ।’
पन्तका अनुसार पार्टी एकताका लागि दुवै पक्षका नेताहरु सामेल हुन नहुनेबारे छलफल भएको बताए । उनले भने, ‘पार्टी एकतालाई कमजोर बनाउन नहुने र संयमित र जिम्मेवार भएर गम्भीरतापूर्वक बढ्नुपर्नेमा सबैको सहमति रह्यो ।’ उनले बोल्दा संयमित भएर बोल्नुपर्ने निष्कर्ष निकालिएको समेत बताए ।
अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको बताइरहँदा एकताका लागि विशेष पहल भइरहेको खुलेको हो । नेपाल पक्ष एकताका लागि संयमता अपनाउने पक्षमा रहेपनि ओलीले पार्टीका विभागहरु गठन गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३