काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।बिहीबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो।
पार्टी एकतालगायत विषयमा छलफल गर्न आज पनि बैठक बुद्धनगरमा बसेको हो।
बिहीबार केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओली सच्चिन तयार नभए पार्टी एकता नहुने बताएका थिए।
‘हामी धेरै अघि बढिसकेका छौं। ओलीले गल्ती सच्याएर आउँछन् भने एकता हुन्छ नत्र हुन्न,’ नेता नेपालले भनेका थिए।
अध्यक्ष ओली पक्षले एमालेको नाममा कुनै पनि बैठक नभएकोले सहभागी नहुन भन्दै विज्ञप्ति निकाले पनि नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरूले बैठकलाई जारी राखेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३