वीरगंज – सशस्त्र प्रहरी बल बिओपी र अमरपर्टीको मिलोमतोमा भैसी , राङ्गा र कुखुराको चल्लाको व्यापक रुपमा तस्करी शुरु भएको छ।
विश्वब्यापी रुपले बढदै गएको नोबेल (कोभिड -१९ ) नियन्त्रणको लागि सरकारले वीरगंज भन्सार बाहेक अन्य नाका सिल गरि पुर्णरुपले आवतजावतमा रोक लगाएपनि सिमानाकामा खटिएको सशस्त्र प्रहरीको मिलोमतोमा पर्साको ग्रामीण भेगका प्रसौनी र अमरपर्टि नाकावाट भैसी कुखुरा , चल्लाको तस्करी भईरहेको प्रत्यक्षदर्शीले बताएका छन्।
सिमानाका मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नाकामा अग्रपंतीमा डियुटी खटिरहे पनि केही पैसाको प्रलोभनमा परि आफ्नो जिम्मेवारीवाट पंछिएको कारणले गर्दा प्रसौनी र अमरपर्टि नाकावाट भैसी , राङ्गा , कुखुराको चल्ला , हाडयेवर , लत्ताकपडा लगाएतको सामानहरुको व्यापक रुपममा तस्करी भईरहेको छ।
प्रसौनी र अमरपर्टि नाका भई ६ वटा साईकलमा लोड गरि भित्राएको ३८४० गोटा कुखुराको चल्ला सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्वर १९ बार्वा टोलवाट ६ वटा साईकलमा भित्राएको कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ। यसले प्रमाणित हुन्छ कि यी नाकाहरुवाट व्यापक रुपमा रातभरी तस्करी भईरहेको छ।
यी नाकाहरुवाट नेपाल हुदै भारत मोटर, पेस्ट , छोकडा , कबाड र भारतवाट नेपाल तर्फ भैसी , राङ्गा , कपडा , कुखुराको चल्ला लगाएतका सामानहरु अवैध रुपले भित्राएको कारणले लाखौं रुपैयाको भन्सार छलि भईरहेको छ। यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३