काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई अपवित्र गठबन्धन भएको आरोप लगाएका छन्। उनले यो लोकतान्त्रिक बाटोबाट आएको सरकार नभएको समेत टिप्पणी गरे।
एमालेको सोमबार दिउँसो शुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले साँठगाँठबाट यो गठबन्धन निर्माण भएको आरोपसमेत लगाए। देशभक्त शक्तिविरुद्ध यो गठबन्धन बनेको हो, उनले भने, ‘जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठबन्धन हो यो।’
एमालेले विधान अधिवेशनको तयारीका लागि भन्दै आजको केन्द्रीय कमिटी बैठक डाकेको हो। यसअघि आइतबार डाकिएको बैठक एक दिन पछि सारिएको थियो। सोमबार केन्द्रीय कमिटी बैठकअघि एमालेको स्थायी कमिटी बैठक बसेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३