कृष्णा यादव, वीरगंज – सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै ग्रामीण भेगका विभिन्न नाकाहरुबाट तस्करी गराएको रहस्य बाहिर आएको छ l
सशस्त्र प्रहरी बल बिओपी भिखमपुरको मिलोमतोमा जानकीटोला, पाण्डेपुर , महादेव पर्टी भई व्यापक रुपम तस्करी भईरहेको अहिले पर्सा जिल्ला नै चर्चाको बिषय बनेको छ ।
सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटि तस्करीको सामानहरुको स्कटिङ्ग गरि कटाउने गरेको रहस्य खुलेको छ। जानकीटोला दसौता नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरु नाकामा खटेको हुन्छ तर उनीहरू छली चोरी तस्करी रोक्न लागि हैन तर उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस र पत्रकार नदेखोस तथा एस्कटिंग गरी तस्करी गराउन कै लागि धेरै सँख्यामा सशस्त्र प्रहरी खटाई तस्करी गराईरहेको नाम उल्लेख नगर्ने सर्तमा प्रत्यक्षदर्शीले बताएका छन्।
जानकीटोला सिमानाकामा मुख्य कारोबार अहिले भारत बिहार सिमा नजिक पर्ने इनर्वा बजारबाट कपडा धुने साबुन, बोईलर कुखुरा र कुखुराका चल्लाको तस्करी चली रहेको छ l यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डिया बाट किराना आईटम, कपडा,हड्वेयर, मोटर पार्ट्स, सुर्ती पदार्थ, पनि चल्ने गरेको छ l यस्तै नेपाल बाट मोटर ,मरिच, खुकुरी सिगरेट, घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी, पेट्रोल, डिजेल ,नेपाली पाइप लगायतको तस्करी भइरहेको छ l यस्तै मोटो रकम महीनवारी बुझाउदै भैसी ,राँङ्गाको रातभरी तस्करी भईरहेको स्थानीयहरुले बताएका छन्।
सप्ताहाको पहिलो दिन आईतबार जानकिटोला नाका भई सशस्त्र प्रहरीको मिलोमतोमा ठुलो परिमाणमा भित्राएका अवैध कुखुराको चल्ला नेपाल प्रहरीले पक्राउ गरेपछि सो नाकावाट ठुलो मात्रामा तस्करी भईरहेको प्रमाणित भएको छ ।
सशस्त्र प्रहरीले सो नाकाबाट तस्करी गराएको कुखुराको चल्ला ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले आइतबार राती ११ बजे पक्राउ गरेपछि तस्करी भएको रहस्य प्रस्ट खुलेको छ l सशस्त्र प्रहरी निरीक्षक बस्नेतलाई मोटो रकम महिनावारी बुझाउदै भैसी , रङ्गा , कुखुराको चल्ला , कुखुरा , लत्ताकपडा , हाडयेवर , मोटर , मरिच लगाएतका तस्करी भईरहेको छ ।
शेषनाथ व्यापारीले बोईलर कुखुराको तस्करी गराइरहेका छन l एक कुखुरा व्यापारी लाई रोकेर सोधपुछ गर्दा शेषनाथका माल रहेको खुलाए l शेषनाथको कुखुरा बोकेर पुर्याउने व्यक्तिसँग बुझ्दा उनले प्रहरीलाई हाम्रो लाइन रहेको प्रष्ट खुलाएका थिए। भारतमा बोइलर कुखुरा सस्तो र नेपालमा ४६० प्रती केजी महँगो भएका कारण शेषनाथले फाईदा उठाउदै तस्करी गराइ नेपालको जानकीटोला चौक , महूवन चौक लंगडी चौक, डकैला चौक, सेढ्वा चौक सम्म पठाउने गरेका कारण नेपाली व्यवसायीहरु मारमा परेका छन् । सोही नाकामा पर्ने भारत बिहार खमीया बस्ने नस्रुदीन अंसारीले साबुनको लाईन पाएका छन l भारतमा कपडा धुने साबुन सस्तो र नेपालमा महंगो भएका कारण अंसारीले पर्सा जिल्लाको अधिकांश पसलहरुमा तस्करी गराइ पठाउने गरेका छन। यस अनुसार सिमानाकामा खटेका सशस्त्र प्रहरीले तस्करलाई सघाएर घुस लिई सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ।
यस्ता केहि भ्रष्ट इन्चार्जहरुका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ। यस सम्बन्धमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३