काठमाडौं – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको पूर्ण बैठक आज दोस्रो दिन पनि सुरु भएको छ । हिजोदेखि सुरु भएको बैठक आज सम्पन्न गरिने जनाईएको छ । अहिले बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अघि सारेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि समूहगत छलफल भैरहेको छ ।
यस्तै, केन्द्रीय कमिटीको बैठकअघि आज विहान स्थायी कमिटी बैठक बसेको थियो । हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई आजै सम्पन्न गर्ने निर्णय स्थायी कमिटी बैठकमा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।
आज सम्पन्न हुने केन्द्रयि कमिटी बैठकमा नेताहरुको कार्यविभाजन गरिने पनि जनाईएको छ । प्रवक्ता श्रेष्ठका अनुसार आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट आउने रिपोर्टहरूको बारेमा भोलि स्थायी कमिटी बैठक बसेर निश्कर्ष निकालिने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३