कृष्णा यादव, वीरगंज – सिमानाका मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको सहयोगले सिमानाका सिल भएपनि पर्साको भिसवा नाकावाट व्यापकरुपमा कबाड, जुटको बोरा , हाडयेवर , लत्ताकपडा ,मोटर , मरिच लगाएतको सामानको व्यापकरुपमा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी भिस्वा प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक संजिप बानियाँले भिस्वा, गुडगाई नाकावाट ठूलो मात्रामा कवाड ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा मटर, मरिच, छोकडा,जुटको बोराको ठूलो मात्रामा तस्करी भैरहेको छ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे पर्सा जिल्लाको प्रमुख भई जिम्मेवारी सम्हालेको दिन देखि तस्करीमा कडाई गरी तस्करीको सामानहरु धमाधम पक्राउ गरी करोडौंको राज्शव वीरगंज भन्सार बुझाउदै आएपनि सशस्त्र प्रहरीको मिलोमतोमा भईरहेको कारणले गर्दा नेपाल प्रहरीनै बदनाम भईरहेको एक प्रहरीले बताए।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख चन्द्र प्रकाश गौतमले जिल्लाका सशस्त्र प्रहरी प्रहरीहृरुलाई तस्करी बन्द गर्ने निर्देशन दिए पनि सशस्त्र प्रहरी निरीक्षक बानियाँले निर्देशन विपरीत तस्करीको लाईन दिई धज्जिया उडाउदै गरेको देखिएको छ।
सशस्त्र प्रहरीको बाहिनीका केही हाकिमहरुलाई समेत सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी भएको हो । सशस्त्र प्रहरीको सेटिङमा कबाड तस्करीको लाइन पाउनेमा शशीकान्त कुशवाहा र स्याउ तस्करीको लाईन पाउनेमा मुन्ना जैसवाल रहेका छन् । त्यस्तै युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोहडा तस्करीको लाईन पाउनेमा हरि कोईरी र रामु जैसवाल रहेका छन् ।
अहिले भिस्वा नाकावाट काम गर्ने कबाड तस्कर शशिकांत कुशवाहा, ,चाईनीज स्याउ,हड्डी तस्कर मुना जैसवाल,युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोकडाको तस्कर हरि कोईरी र रामु जैसवालहरु सित सशस्त्र प्रहरीको भिस्वास्थित रहेको बीओपीका इन्सपेक्टर संजीव बानियाँले लाखौं रुपैयाको नजराना बुझि तस्करीको लाईन दिएको नाम उल्लेख नगर्ने शर्तमा एक तस्करले बताएका छन् ।
भिस्वाका यी व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा बीरगञ्जबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात इन्डिया कटाई हाल्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाल-भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ। सो गोदामको छेऊछेऊमै रहेपनि रातिको समयमा सिमानाकामा रहेका सशस्त्र प्रहरीको सहयोगले तस्करी भईरहेको स्रोतले जनाएको छ।
त्यसै गरी, मुमताज हुसेन ,सहिद आलम ,कवाड र जुटको बोरा के तस्करीको लाईन वापत लाखौं रुपैयाको नजराना बुझाई रातिको समयमा १० वटा ट्याक्टरमा लोड गरि भिस्वानाकाबाट कटाउने गरेको छ।
यिनीहरुको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरु ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ ।
उनीहरुले राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्ने गरेका छन् ।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३