काठमाडौं – सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
माधव नेपालले पार्टीको नाम नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम राख्न निवेदन दिएका हुन्।
पार्टीको नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै नाम परिवर्तन गर्न सम्बन्धित पक्षलाइ निर्वाचन आयोगले आग्रह गरेको छ। नेपाल र ठाकुरले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवदेशन दिएका थिए। आयोगले सो निवेदनमाथि दश दिनभित्र दर्ताको काम सक्ने जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३