काठमाडौं – संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ। मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग छलफल गरी समिति सभापति जयपुरी घर्तीले यस्तो निर्देशन दिएकी हुन्।
दोस्रो लहरको कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा सबै विद्यार्थीलाई खोप दिएर भौतिक उपस्थितिमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ।
शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार परीक्षा दशैँअघि नै हुनेछ। दशैंअघि नै परीक्षा गर्नका लागि उनले आफूहरुले स्वास्थ्य मन्त्रालयसँग छलफल गरिसकेको र परीक्षाको तयारी पनि अगाडि बढिसकेको जानकारी दिए।
३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड दिन सकिने बताउँदै बिद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए । सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३