काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अझै पनि एकताको च्याप्टर क्लोज नभएको बताएका छन् ।
नेपालले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सिङ्गो देशलाई एकतावद्ध, कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने अभियन रहेको बताएका हुन् । उनले भने, ‘अहिले पनि हामीले एकताको च्याप्टर क्लोज गरेका छैनौं ।
सिङ्गो देशलाई एकतावद्ध, कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने हाम्रो अभियान हो । विचार, मन मिलेपछि एकता हुन्छ ।’ समयक्रममा एकता गर्दै आएको उल्लेख गर्दै नेपालले भने, ‘यो क्रम चलिरहन्छ ।
केपी ओलीको समूहमा पनि विचार, धारणा परिवर्तन भएछ भने ढोका खुला हुनेछ ।’
तर पार्टी गठन गर्न नदिइ आफूहरुलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको भन्दै उनले यो षडयन्त्रलाई चिर्ने दाबी गरे ।
जेठ २ गतेमा फर्कने भनेर ओलीले बहाना बनाएको समेत उनको आरोप छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३