काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले आफूहरु युवा पुस्तालाई अघि बढाउँदै लैजाने पक्षमा रहेको बताए।
‘माधव नेपाल आजीवन राजनीति गर्दैन, प्रष्ट भए हुन्छ। मैले त अहिले नै केपी ओलीलाई विदा गरेर युवा पुस्ताले पार्टी सम्हालोस् भनेर भनेकै थिएँ’, नेपालले भने, ‘मेरो अहिले मोटो कुरा के छ भने, चुनावपछिको आउने ५ वर्ष मात्रै म राजनीतिमा रहन्छु भनेर मैले भन्या छु। अहिले साथीहरुले त्यसो नभन्दिनु है भनिरहनुभएको छ। बुढो हुँदा, लौरो टेक्दा पनि पदमा बसिरहने मेरो चाहना छैन।
नेता नेपाल ६८ वर्ष पुगेका छन्। उनले युवा पुस्तालाई तल्लो तहदेखि नै पार्टीमा गोलबद्ध गरेर लैजाने गरी विधानमा व्यवस्था गरिएको पनि बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३