Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख २६, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ दिन अघि
२

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
६

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
७

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
८

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
९

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
१०

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
११

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
१२

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

१ महिना अघि

धेरै पढिएका

१

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

३ हफ्ता अघि
२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

२ हफ्ता अघि
३

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
४

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

२ हफ्ता अघि
५

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
६

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

२ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

२ हफ्ता अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१०

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ दिन अघि
११

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि

योगेश भट्टराईसँगको अन्तर्वार्ता : सहमति नहुने हो भने अध्यक्षमा दर्जनौँले उम्मेदवारी दिनुपर्छ 

प्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार (३ साल अघि)

  • १२१४ पटक पढिएको
  • चितवन – चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय नेताहरू जिल्ला आउन थालेका छन् । मञ्च निर्माण, प्रचारप्रसार लगायतका कामहरूलाई तीव्र बताइएको छ । यसै सन्दर्भमा महाधिवेशनको तयारी र प्रचारप्रसारबारे जानकारी लिन बुधबार चितवन आएका एमाले सचिव एवं १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईसँगको कुराकानी :

    १०औँ महाधिवेशनको तयारी कसरी हुँदै छ ?

    हाम्रो तयारी राम्रोसँग भइरहेको छ । तयारी हेर्दा पाँच लाखभन्दा पनि बढी मान्छे आउन सक्छन् । गाडी र बाटोको पर्याप्तता छैन, तर पनि ठूलो जनपरिचालन, ठूलो प्रदर्शनसहित नेकपा एमालेको महाधिवेशन उद्घाटन हुन्छ ।

    प्रतिनिधिहरूको सन्दर्भमा भन्नुपर्दा हाम्रो जम्मा प्रतिनिधिहरूको संख्या मनोनीतसहित दुई हजार २९७ हुन्छ । ती प्रतिनिधिलाई तीन दिनसम्मको लागि आवास र खानाको व्यवस्थापन गरिएको  छ । होटेलसँग सम्झौता पनि भइसकेको छ । प्रतिनिधिलाई १० मंसिर बेलुकीदेखि व्यवस्थापन हुन्छ ।

    १० मंसिरमा केन्द्रीय कमिटीको बैठक पनि चितवनमै हुन्छ । त्यसपछि देशभर माहोल सिर्जना भएको छ । ठाउँठाउँमा स्वागत द्वार बनेका छन् । मोटरसाइकल ¥याली पनि भएका छन् । विभिन्न रचनात्मक कार्यहरू पनि स्थानीय कमिटीहरूले गरिराख्नु भएको छ । यसरी हामी तयारीको अन्तिम अवस्थामा छौँ ।

    एमालेको विगतका महाधिवेशन र १०औँ महाधिवेशनमा खास के फरक छ ?

    आज नेकपा एमाले कसको निरन्तरता हो ? कसको लिगेसी यसले बोकेको छ ? भन्ने कुरा कतिपयले बहस गरिरहेका छन् । हामीले भनेका छौँ, नेकपा एमाले २००६ सालमा स्थापित भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता हो । त्यसका संस्थापक पुष्पलाल, पुष्पलालले जुन उद्देश्यले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । उहाँको विचार, उहाँको उत्तराधिकारी पार्टी नेकपा एमाले हो ।

    अर्काे कुरा, नेपालमा विश्व कम्युनिष्ट आन्दोलनको विभाजनसँगै ३० को दशकबाट दुईवटा कम्युनिष्टका धार आए । एउटा झापा आन्दोलनसँग कोअर्डिनेशन केन्द्र, नेकपा माले हुँदै २०४७ सालबाट हामी अगाडि आयौँ । एउटा त्यो धार हो । त्यसले एउटा मूलतः शान्तिपूर्ण जनसंघर्षमा आफूलाई अगाडि बढायो ।

    अर्काे ३० को दशकदेखि नै चौथो महाधिवेशन, मसाल, एकता केन्द्र हुँदै माओवादीसम्मको धार छ । त्यो धारले विगतमा सशस्त्र संघर्षको नीति लियो । त्यो धारका कतिपय पार्टीले त्यो नीति परिवर्तन गरिसके । खासगरी प्रचण्ड नेतृत्वले त्यो नीति छोडिसके । त्यसो हुँदा ३ जेठ २०७५ मा प्रचण्ड नेतृत्वको पार्टीसँग पनि हाम्रो पार्टी एकता भयो ।

    किनभने उहाँहरू पनि शान्तिपूर्ण बाटोमा, वैधानिक बाटोबाट नै समाजवादसम्म पुग्ने लक्ष्य लिएर आउनुभयो । त्यसकारण नेकपा एमालेले १०औँ महाधिवेशनबाट यो कुरा अझ स्पष्ट गर्न चाहन्छ कि हामी पुष्पलालले गठन गरेको कम्युनिष्ट पार्टीको पनि निरन्तरता हौँ भने ३ जेठ २०७५ को पार्टी एकतापछिको पनि हामी निरन्तरता हो ।

    त्यसो हुनाले आजको दिनमा नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति हो । मूलधार हो । प्रमुख दल हो भन्ने कुरा यो महाधिवेशनबाट स्पष्ट गर्न चाहन्छौँ । अर्काेतिर नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न ढंगबाट महत्वपूर्ण योगदान गर्ने नेता हुनुहुन्छ ।

    पुष्पलाल, लोकप्रिय सरकारको थालनी गर्ने मनमोहन अधिकारी र जनताको बहुदलिय जनवाद जस्तो विचार बोकेर नेपाली जनतामा लोकप्रिय नेता हुने मदन भण्डारी । उहाँहरू लगायत हिजोका अघिल्लो पुस्ता जसले नेपाली नेपालको कम्युनिष्ट आन्दोलनको निर्माणमा योगदान पु¥याउनुभयो । त्यो पुस्ताको समेत हामीले लिगेसी बोकेका छौँ ।

    महाधिवेशनको मुखमा आइपुग्दा पनि उम्मेदवारी घोषणाको सरगर्मी नै देखिँदैन । एमाले कतै प्रजातान्त्रिक प्रणाली छोडेर टीका लगाउने प्रथामा गएको त हैन ?

    एमालेजस्तो लोकतान्त्रिक अभ्यास गर्दै आएको पार्टीमा टीका लगाएर नेतृत्वमा आउने सम्भावना त शून्य प्रतिशत पनि छैन । प्रतिस्पर्धा हुन्छ । बाकसमा मत हाल्ने कि कामबाट प्रतिस्पर्धा गर्ने कि,  योग्यता क्षमताले नेतृत्वमा आउने भन्ने प्रश्न महत्वपूर्ण छ ।

    प्रतिस्पर्धाका विभिन्न उपायहरू हुन्छन् । तर, एमालेमा कसैले तानेर माथि ल्याउने र कसैले ठेल्दिएर माथि ल्याउने कुरा एमालेमा हुँदैन । त्यो नचिताए पनि हुन्छ । त्यसरी पार्टी चल्दा पनि चल्दैन र एमाले जाँदा पनि जाँदैन ।

    त्यसरी एमाले गएको भएदेखि अरू कम्युनिष्ट पार्टीहरू क्रमशः सकिँदै गए, उनीहरूको अस्तित्व विलीन हुँदै गयो । एमाले त्यस्तै हुने थियो । तर, एमाले आज जनताको बीचमा लोकप्रिय मात्र छैन, सरकार चलाएको छ । अन्तर्राष्ट्रिय लेभलमा यति ठूलो सम्बन्ध विस्तार गरेको छ । यो पार्टीमा नेतृत्व विकासको काम पनि प्रतिस्पर्धाबाट हुन्छ । त्यो मर्यादित र स्वस्थ हुन्छ ।

    अध्यक्षमा भीम रावलबाहेक अरूको उम्मेदवारी घोषणा भएको छैन । यसको मतलब अब उहाँ नै सर्वसम्मत भन्ने हो ?

    पार्टीले सकेसम्म सहमतिमा नेतृत्व निर्माण गरौँ भन्ने सोच बोकेको छ । पार्टी अध्यक्षको पनि मुड पुनः नेतृत्वमा आउने देखेको छु । सहमतिमा पुग्न सकेनौँ भने पनि प्रतिस्पर्धाको ढोका खुला छ । त्यो अवस्थामा दुई जना मात्र होइन, दर्जनौँ नेताहरूलाई अध्यक्षमा उम्मेदवारी दिन म आह्वान गर्छु ।

    यत्रो पार्टीमा अध्यक्ष बन्छु भनेर दावा पेस गर्न आउनुप¥यो । ५०औँ वर्ष राजनीति गरेको हुँ भन्ने नेताहरूले अध्यक्ष हुन्छु, देश चलाउँछु भनेर दावा पेस गर्न आउनुप¥यो नि ! त्यो क्रममा यदि कोही नेताको नाममा सर्वसम्मत भएछ भने अरुले त्याग गर्न पनि सक्नुपर्‍यो ।

    चुनाव नै भयो भने त माओवादीबाट आउने नेताहरूलाई सकस पर्छ भनिन्छ नि ?

    यस्तै कुरा २०४९ सालको पाँचौँ महाधिवेशनमा पनि उठेको थियो । तत्कालीन मार्क्सवादीबाट आएकाहरू सबै हार्छन् कि भन्ने तत्कालीन मालेबाट आएकाहरूमा बहस थियो । तर, मार्क्सवादीबाट आउनु भएका मनमोहन अधिकारी अध्यक्ष हुनुभयो । भरतमणि अधिकारी वरिष्ठ नेता हुनुभयो । सहाना प्रधान, कमल कोइरालालगायतका दर्जनौँ नेताहरू ससम्मान नेकपा एमालेको नेता हुनुभयो । नेकपा एमालेभित्र के विशेषता छ भने यसले सबैलाई समेट्छ । यसले कसैलाई पनि टाढा लेखेट्दैन । सबैलाई समेट्न सक्ने समुद्र हो । तर, कहिलेकाहीँ छाल आउन सक्छ, सबैलाई अटाउने प्रयास गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको स्मरण छ : लोक गायक खुमन अधिकारी
    हरप्रहर

    एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको स्मरण छ : लोक गायक खुमन अधिकारी

  • एनआरएनएलाई सरकारले आवश्यकभन्दा बढि महत्त्व दिइरहेको छ : आरके शर्मा (अन्तर्वार्ता)
    हरप्रहर

    एनआरएनएलाई सरकारले आवश्यकभन्दा बढि महत्त्व दिइरहेको छ : आरके शर्मा (अन्तर्वार्ता)

  • राज्यको सिंगो संरचना परिचालन नगरे सडक सुचारु हुन सक्दैन : अध्यक्ष स्वाँर (अन्तर्वार्ता)
    हरप्रहर

    राज्यको सिंगो संरचना परिचालन नगरे सडक सुचारु हुन सक्दैन : अध्यक्ष स्वाँर (अन्तर्वार्ता)

  • ‘नियम मिच्नेका लागि म आतंक नै हुँ’ : राजु नाथ पाण्डे, काठमाडौं महानगर प्रहरी प्रमुख (अन्तर्वार्ता)
    हरप्रहर

    ‘नियम मिच्नेका लागि म आतंक नै हुँ’ : राजु नाथ पाण्डे, काठमाडौं महानगर प्रहरी प्रमुख (अन्तर्वार्ता)

  • ताजा खबर
  • १

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ दिन अघि

  • २

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ३

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ४

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    २ हफ्ता अघि

  • ५

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution