प्रेम एक अनुभूति । मनबाट स्वतस्फूर्त प्रकट हुने भाव । यही भावले वैशालु जोडीलाई एकाकार गराउँछ । सेक्स, एक शारीरिक क्रिया । यद्यपी यसका आफ्नै सर्त र सीमा छन् । सृष्टिलाई चलयमान बनाउन आवश्यक एक जैविक प्रक्रिया ।
कमिटमेन्ट, एक विश्वास र भरोसा । कमिटमेन्ट बिना न प्रेम टिक्छ, न यौन जीवन ।
तर, समयसँगै बद्लिदो परिवेशले यी तमाम शब्दको परिकल्पना र यर्थाथ बदलिदिएको छ । आजको समयमा प्रेमको अर्थ आकर्षण । आजको समयमा सेक्सको अर्थ शारीरिक भोक मेटाउने मेलो । आजको समयमा कमिटमेन्टको अर्थ केवल एक भ्रम वा मुर्खता ।
बद्लिदो समाजको बद्लिदो तस्वीर
प्रेमको अर्थ र महत्व अहिले खिइदै गएको छ । विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने सोंच हुन्थ्यो । विवाहलाई जीवनभरको सम्बन्ध मानिन्थ्यो । सम्बन्धमा पनि मर्यादा र अनुशासन थियो ।
त्यही कारण त विवाहमा एक किसिमको कमटिमेन्ट अर्थात प्रतिवद्धता गराइन्थ्यो, दुलहा र दुलहीलाई । जीवनभर एकसाथ रहने, दुःख सुख बाढ्ने, दाम्पत्य जीवनको मूल्य बुझ्ने, श्रीमान्-श्रीमतीको मर्यादा र जिम्मेवारी पालना गर्ने इत्यादि ।
त्यही अनुसार कुनैपनि दम्पतीले आफ्नो पारिवारिक मर्यादा, सीमा र अनुशासन पूर्णत पालना गर्थे । दाम्पत्य सुखभोग गर्थे ।
तर, आज त्यस्तो अवस्था छैन । प्रेमलाई केवल आकर्षणको रुपमा लिइन्छ । जबसम्म आकर्षक देखिन्छ वा लाग्छ, त्यसबेलासम्म मात्र उनीहरुको प्रेम टिक्छ । सेक्सका लागि अब कुनै सीमा र मर्यादा रहेन । यो शारीरिक भोग मेट्ने क्षणिक क्रिया मात्र रह्यो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७