सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।
उनले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१.३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको अख्तियारले बताएको छ । अख्तियारले उनीसँग २१ लाख ३० हजार ३८१ रुपैयाँ विगो माग गर्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।
तत्कालिन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालिन नायब सुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाल र जग्गाधनी बन्ने भक्तरत्न तुलाधरविरुद्ध पनि अख्तियारले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३