दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार उनी १८ हजार दुई सय ५६ मतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रवीद्रराज शर्माले १७ हजार चार सय सात मत प्राप्त गरे ।
विसं २०७४ प्रदेशसभामा विजयी भएका थापा यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विसं २०७४ को निर्वाचनमा थापाले नेपाली कांग्रेसका जगजङ्ग थापालाई पराजित गरेका थिए ।
प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो । कूल मत मध्ये १६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३