उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको शुक्रबारको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
इजलासले नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते गर्ने भनेको छ । साथै, सर्वाेच्चले अग्राधिकार दिँदै अन्तिम (पूर्ण) सुनुवाइका लागि माघ ११ मा पेस गर्न पनि आदेश दिएको छ । यससँगै नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ ।
मन्त्री लामिछानेविरुद्ध अमेरिकी नागरिकता लिएर पनि पुरानै नेपाली नागरिकताले राहदानी बनाएको, नयाँ पार्टी दर्ता गरेको र चुनाव लडेको भन्दै सांसद पद खारेज गर्न मुद्दा दायर भएको थियो ।
सर्वाेच्चको आदेशसँगै लामिछानेको पद तत्काललाई जोगिएको छ भने गृहमन्त्री र सांसद्का रुपमा नियमित काम गर्न पनि कुनै बाधा हुने छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३