सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।
उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ । यसअनुसार एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री लिने सहमति भएको छ । हाल उपप्रधानमन्त्री रहेका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हालिसकेका छन् ।
सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ । माओवादीबाट उपप्रधानमन्त्री भएका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी र स्वतन्त्र पार्टीले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ ।
अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ । यद्यपि खेलकुदमा माओवादीको पनि दाबी छ ।
राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एकरएक मन्त्रालय छुट्याइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३