सत्ता गठबन्धनमा रहेका दलहरुले राति अबेरसम्म बसेर मन्त्रालयहरुको भागबन्डा टुंगो लगाएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको गठबन्धनले राति १० बजेको समयमा मन्त्रालयहरुको विभाजनको टुंगो लगाएको हो ।
गठबन्धनको सबैभन्दा ठूलो दल एमालेको भागमा ८ मन्त्रालय परेका छन् । यसअघि नै पार्टी उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् भने तीनजना मन्त्री बिना विभागीय रहेका छन् । एमालेले पाउने मन्त्रालयहरुको संख्या टथुंगिएसँगै नेकपा (माओवादी केन्द्र)को भागमा परेका मन्त्रालयहरुको पनि टुंगो लागेको छ ।
माओवादीको भागमा चार मन्त्रालय परेका छन् । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं प्रधानमन्त्री रहेका छन् भने बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पुर्वाधार तथा यातायात मन्त्री रहेका छन् ।
माओवादीको तर्फबाट अब सूचना, सञ्चार तथा प्रविधि मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री र रक्षा मन्त्रीमा तीन नेताले अवसर पाउनेछन् भने एकजना राज्य मन्त्री हुनेछन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि नै उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन् । यस पार्टीको भागमा अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालय परेको छ । रास्वपाले पनि थप एकजनालाई राज्यमन्त्री बनाउन पाउनेछ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधानसहित उर्जामन्त्री बन्ने भएका छन् । सहरी विकास मन्त्रालय पनि यो पार्टीको भागमा परेको छ ।
जनता समाजवादी पार्टीलाई दुई मन्त्रालय दिने भने पनि उसले असन्तुृिष्ट जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३