प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री र मेयर शाहबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोधसमेत गरिरहेका छन्। निजी सम्पत्तिमा महानगरले क्षति पुर्याएको भन्दै आन्दोलनसमेत भइरहेको छ।
शाहले महानगरका कामकारबाहीमा संघ सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।
शाहले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोगसमेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाएका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७