प्रहरीले ‘नेपाली गर्ल’ नामको एप प्रयोग गरेर लाखौं रकम ठगी गर्ने ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन आयोजना गरी एप बनाएर विभिन्न व्यक्तिको बैंक खाता ह्याक गरी ५० लाखभन्दा बढी ठगी गर्ने ८ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर–७ बाजपट्टी थानाका २९ वर्षीय अवधेश कुमार, सप्तरीको कृष्णासवरन गाउँपालिका–२ का ३४ वर्षीय दिलिप कुमार चौधरी, पर्साको बिन्दावासिनी–८ का ३३ वर्षीय अजय चौधरी भनिने नगेन्द्र साह कानु, रौतहटको रंगपुर नगरपालिका–१ का २७ वर्षीया रविना चौधरी, बाराको कोल्हवी नगरपालिका–४ का सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राजु पटेल, सोही ठाउँका २० वर्षीय साहिल परबेज र सोही ठाउँका १९ वर्षीय शिवशंकर राउत रहेका छन्।
यी ८ जनामध्ये टोलीको नाइकेचाहिँ राजु पटेल हुन्। उनीचाहिँ व्यवस्थापकको भूमिकामा रहेको देखिन्छन् । त्यस्तै, आईटी डिपार्टमेन्टमा साहिल परबेज र शिवशंकर राउत रहेको प्रहरीले जनाएको छ ।
यसैगरी एटिएम खोजेर दिनेमा सन्तोष कुँवर रहेका छन् भने एटिएम खोज्ने र एटिएमबाट पैसा निकाल्ने भूमिकामा नगेन्द्र साह कानु रहेको देखिन्छ । एटिएम ह्याक गरेर खाताबाट पैसा निकालिएपछि पीडितले ललितपुर परिसरमा उजुरी दिएपछि परिसरले विशेष टोली नै गठन गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट पक्राउ गरेको हो। उनीहरूले बनाएको एप ‘नेपाली केटी’ ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे। र, उक्त लिंक खोल्नासाथ एप आफैं डाउनलोड हुने र ह्याक भइहाल्थ्यौँ ।
प्रक्रियागत ढंगले उनीहरु विभिन्न व्यक्तिको खाता ह्याक गरेर नेपाल भारतको सीमानामा रहेका एटिएमबाट पैसा निकाल्ने गर्थे । हालसम्म उक्त एपमार्फत ५० लाख ठगी भएको भनिए पनि विस्तृत अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। यो समूहले उक्त रकमभन्दा बढी ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट बैंकिङ कसूरमा म्याद थप गरेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३