प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु बर्खास्त गर्ने संकेत पाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बोलाएको छ । राप्रपाले आज कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो ।
राप्रपाको बैठक परिवर्तित राजनीतिक परिस्थितिबारेछलफल गर्न बैठक बोलाइएको बुझिएको छ । त्यसका साथै मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थनका बारेमा समेत निर्णय गर्ने बताइएको छ ।
शुक्रबार बसेको बैठकले राष्ट्रपतिलाई समर्थन र प्रस्ताव दुवै नगर्ने निर्ण गरेको थियो ।
हाल सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्य्र लिङ्दे उपप्रधानसहित उर्जा तथा सिंचाईमन्त्री रहेका छन् भने विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रबबहादुर प्रधान कानूनमन्त्री र दीपकबहादुर सिंह उर्जा तथा सिंचाइमन्त्री रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३