कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन परिणामले पुराना दलहरुलाई बदलिन सन्देश दिएको बताएका छन् ।
शर्माले मंगलबार ट्वीट गर्दै निर्वाचनको सन्देशलाई स्वीकार गरेर देशको समय बदल्न नेतृत्व गरेको दलले आफूलाई बदल्न नयाँ ढंगले अघि बढ्नुपर्ने बताए ।
‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ’, शर्माले लेखेका छन्, ‘देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’
शर्माले मतदाताको हरेक मतलाई सम्मान गर्ने उल्लेख गरे । निर्वाचन परिणामले परम्परागत दलको बर्चश्वलाई चुनौती दिएसँगै पुराना दलमा हलचल मच्चिएको छ । निर्वाचनमा चितवन–२ र तनहुँ–१ मा काँग्रेस उम्मेदवार नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँग पराजित भएका थिए ।
तनहुँ–१ मा आफ्ना उम्मेदवार गोविन्द भट्टराई जिताउने जिम्मेवारी काँग्रेसले महामन्त्रीद्वय शर्मा र गगनकुमार थापालाई दिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३