त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफुमाथि आक्रमण गरी ज्यान मार्ने उद्योग गरेकाहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।
सरकारले आफुमाथि आक्रमण गर्नेको मुद्दा गैरकानूनी ढंगले फिर्ता लिएर कानूनी शासनको धज्जी उडाएको भन्दै आज सर्वोचचमा रिट दायर गरेका हुन् ।
विश्वविद्यालय हाताभित्र आफूमाथि मरणासन्न हुनेगरी आक्रमण भएको, त्यो आक्रमणमा संलग्नहरुमाथि मुद्दा चलेको अवस्थामा सरकारले राजनीतिक संरक्षणका आधारमा आरोपितहरुलाई जोगाउन नहुने रिट निवेदनमा उनको दावी छ ।
चलाउनेले दर्ता गराएको रिटमाथि भोलिको लागि पेसी तोकिएको छ ।
समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो ।
अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा मन्त्रिपरिषद्ले निर्णय गर्दै आर्चायसहित ५ जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
काठमाडौं जिल्ला अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा सत्ताको दुरुपयोग गर्दै सरकारले मुद्दा फिर्ता लिएको भन्दै चलाउने सर्वोच्च पुगेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३