Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि

लुम्बिनीमा रोपेका करोडौं रुपैयाँका विरुवा नष्ट, आधा शताब्दीसम्ममा पनि पूरा भएन गुरुयोजना

हरप्रहर डेस्क भैरहवा प्रकाशित मिति: २०८० अषाढ १९, मंगलबार (१ साल अघि)

  • २६८ पटक पढिएको
  • इतिहासमा कुनै परियोजना आधा शताब्दीसम्म निर्माणकै क्रममा भएको विरलै उदाहरणमा पर्न सक्छ । तर, लुम्बिनी विकास गुरुयोजना आधा शताब्दी पुरा हुँनै लाग्दा समेत पुरा भएको छैन । लुम्बिनी त्यो स्थान हो, जहाँ शान्तिका अग्रदूत शाक्यमुनि बुद्ध जन्मेको प्रमाण फेला परेको थियो ।

    जापानी आर्किटेक्चर प्राध्यापक कान्जो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए । ६ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो । त्यो गुरुयोजना हस्तान्तरण भएको ४५ वर्ष पुगेको छ । गुरुयोजनाको ८६ प्रतिशत काम सकिएको विकास कोषका पदाधिकारीको दावी छ तर पदाधिकारीको दाविलाई पुरातत्वविद्हरू स्विकार्दैनन् ।

    बौद्ध धर्म ग्रन्थमा लुम्बिनी हराभरा र फलफुलको बगैचा थियो भनेर पढ्न पाइन्छ । त्यहि बौद्ध ग्रन्थमा उल्लेख भए झै लुम्बिनीलाई फलफूलको सुनदर बगैचा बनाउनेगरी थालिएको सरकारी कदमले भने जस्तो गति लिन सकेको छैन ।

    विकास कोषले आर्थिक वर्ष २०७७।०७८ मा दया जेभी नामक कम्पनीका ठेकेदारलाई २५ हजार फलफूलका विरुवा लगाउन ठेक्का लगायो । गौतमबुद्ध फलफूल बाटीका नाम दिएर ति विरुवा रोपिए । यो ठेक्का भन्दा बाहिर विभिन्न संघ संस्थाले ४ हजार ६ सय ९९ ओटा फलफूलका विरुवा लगाए । आँप, लिची, जामुन, अनार, अम्बा, कागति, कटहर, वयर लगाएको विकास कोषको तथ्याङ्कमा छ । गुरुयोजनामा फलफूलकै विरुवा लगाउने भन्ने छैन । गुरुयोजनाको ६० प्रतिशत क्षेत्रमा जङ्गल राख्ने मात्रै उल्लेख छ ।  देशका उच्च पदस्थ व्यक्तिहरु पनि वृक्षारोपणमा सरिक भए ।

    विकास कोषले आर्थिक वर्ष २०७७।०७८ मा २५ हजार फलफूलका विरुवा लगाउने योजना बनायो, २ करोड ६४ लाख रुपैँया खर्च ग¥यो । विरुवा लगाउन दया निर्माण सेवालाई दियो । २१ हजार फलफूलका विरुवा लगाएको भन्ने वनस्पति शाखामा रेकर्ड छ । भैरहवा लुम्बिनी तौलिहवा सडक निर्माण कर्ता गावर कन्ट्रक्सनले निःशुल्क २९ हजार विरुवा लगायो । विकासकोषले प्रधानमन्त्री पल्ट र मुख्यमन्त्री प्लट गरी छुट्याएर नै फलफूलका विरुवा रोपेका छन् ।

    कोषमा विदेशीहरुले पनि वृक्षारोपण गरेका छन् । विदेशीका लागि भने विरुवाको रेखदेख, संरक्षण मलजल गर्ने गरी २ सय ५० डलर शुल्क अग्रमी लिएर मात्रै रोप्ने अनुमति पाएका छन् । विकास कोषमा चार तहको सुरक्षा व्यवस्था छ, तर सुरक्षा व्यवस्था चुस्त दुरुस्त नहुँदा मानिसले विरुवा र तार जाली चोर्ने देखि छाडा चौपायले फलफूलका विरुवा खाएर ठाउँ उजाड छ । आन्तरिक सुरक्षाकर्मी ७३ जना र मालि ६२ जना छन् ।

    विकास कोषले फलफूलका विरुवा लगाउँदा माटोको गुणस्तर चेक जाँच नगरी हचुवाको भरमा लगाउँदा विरुवाहरु नसर्पेको र मर्ने गरेको स्थानीय मेघनाथ आचार्य बताउँछन् । सबै क्षेत्रमा सबै प्रकारका विरुवा सुहाउदो माटो नहुने भन्दै माटो अनुसन्धान नगरी लगाउने गरिएको आचार्य बताउँछन् । “जे काम गर्दा पनि पूर्व अध्ययन अनुसार गर्ने हो भने फेल खाइँदैन तर विश्वका मानिसहरुले चिन्ने र मान्ने ठाउँ लुम्बिनीमा विकासकोषका कर्मचारीले आफू अनुकूल र आर्थिक लाभ हुने काम मात्रै गर्ने गरेको उनले बताए । विकासको विरुद्धमा कसैले आवाज उठायो भने विकास कोषका कर्मचारीले कुनै पनि कार्यक्रमामा सहभागि गराउँदैनन् यहाँको रो हो ।”

    लुम्बिनीको संरक्षण गर्ने काम स्थानीयको भएता पनि अपनत्व बोध हुने कार्य लुम्बिनी विकास कोषले नगरेको स्थानीय विजय सिंह बताउँछन् । विकासकोषले काम गर्छ तर कर्मचारी अनुकूल भएर स्थानीयलाई के भयो ? स्थानीयको जिविको पार्जनमा के दायित्व हो भन्नेमा विकासकोष नलागेको स्थानीय सिंह बताउँछन् ।

    स्थानीय विष्णु बस्नेतले विश्वको शान्ति क्षेत्र गौतमबुद्ध जन्मिएको ठाउँमा विकास कोषले स्थानीयलाई उपेक्षा गरेको बताउँदै विकास कोषले स्थानीय लक्षित विद्यालय र अस्पताल खोलेको भए भलो हुने बताए । कोषलाई जग्गा दिएका स्थानीयको स्तर वृद्धि गर्नेमा विकासकोष चुकेको स्थानीय बस्नेत बताउँछन् ।

    विकास कोषले हरेक वर्ष लाखौ रुपैँया खर्च गरेर फलफूल तथा वृक्षारोपण गर्ने गरे पनि संरक्षणको अभावले हरियाली बन्न नसकेको स्थानीय कृष्ण गुरुङ बताउँछन् । विकास कोषमा तलब भत्ता खाने तर काम लगाउन नसक्ने प्रवृत्तिले लाखौ खर्च गरेर रोपिएका विरुवा घाँस भित्र हराराउने, सुक्ने भएको र छाडा चौपायाले क्षति पु¥याएको गुरुङ बताउँछन् ।

    विकास कोषको ४ र ५ नं. प्लटमा आगो लागेर विरुवाहरु जलेको बताइन्छ । आगजनीबाट हजारौं विरुवा जलेको कोषका कर्मचारी बताउँछन् । कोष परिसरमा भैरहवा लुम्बिनी, तौलिहवा सडक आयोजना निर्माणकर्ता गावर कन्ट्रक्सनले पनि २८ हजार विरुवा रोपेको छ ।

    ठेक्का लगाएको र विभिन्न संघ संस्थाले लगाएको क्षेत्रमा रोपिएका विरुवा फस्टाउन सकेको छैन । विकास कोषले नर्सरी बनाउन ठेक्का दिएको ठेकेदारले लगाएको विरुवाको संरक्षण भने राम्रो भएकाले फस्टाएको छ । त्यो क्षेत्रमा कोषका कर्मचारीको रेखदेख छैन । त्यो क्षेत्रमा छाडा चौपाय पस्दैनन्, घाँसे झाँडीले ढाकेको पनि छैन ।

    विकास कोषका वनस्पति शाखा प्रमुख कमलेस प्रसाद वर्माले सुरक्षाकर्मी र माली भएता पनि काम हुन नसकेको स्विकार गर्छन् । उनले स्थानीयले घाँस दाउराको लागि तार जाली हटाउने गर्दा संरक्षणमा समस्या आएको बताउँदै कोषमा नियुक्त कर्मचारी राजनीति आस्थामा हुने हुँदा काममा लगाउन कठिन हुने गरेको बताउँछन् । राज विरेन्द्रले पनि आँपको विरुवा रोपेको थियो त्यो कहाँ छ भन्ने प्रश्नमा उनले किताबमा पढेको तर कहाँ छ भन्ने कुरा थाहा नभएको बताउँछन् । समाजिक संघ संस्था, उच्चपदस्थ व्यक्ति र विदेशीले विरुवा लगाएको भएपनि संरक्षण गर्न नसकेको वर्मा बताउँछन् ।

    लुम्बिनी विश्वको शान्ति केन्द्रको रुपमा परिचित छ, तर यहाँ गुरुयोजना नै अलपत्र हुँदा विकासले फड्को मार्न सकेको छैन । लुम्बिनीको नजिकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ । बुद्धधर्मालम्बिहरुको मुख्य गन्तव्य लुम्बिनी तर गुरुयोजना ४५ वर्ष सम्म नसकिनु र विमानस्थलमा नियमित उडान नहुँदा पर्यटन व्यवसाय फस्टाउन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution