प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता र लोकतन्त्र स्थापनाका निम्ति ठूलो भूमिका खेलेको कान्तिपुर जस्तो मिडियाले श्रमजीवीलाई गरेको व्यवहार कल्पनासमेत गर्न नसकिने नेपाल पत्रकार महासंघ ललितपुरले जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघको ललितपुर शाखाले उक्त कुरा बताएको हो ।
विगत केही महिनादेखि कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत सञ्चारकर्मीहरुलाई तलब नदिइ कामबाट निकालेको र जागिर छोड्न दबाब दिएको घटनाप्रति ललितपुर शाखाको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । श्रमश्रमजीवी पत्रकारलाई समयमै तलब सुविधा दिन र कामबाट जबरजस्ती निकाल्ने कार्य रोक्न कान्तिपुर मिडिया ग्रुपलाई शाखाले अनुरोधसमेत गरेको छ । कर्मचारी, पत्रकार र मिडियाकर्मीको पेटमा लात हान्ने कार्य कुनै पनि अर्थमा सही अनि न्यायोचित नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कान्तिपुर मिडिया ग्रुपले गरेको पछिल्लो कार्यले कान्तिपुरको गरिमा घटेको पनि शाखाले बताएको छ ।
कान्तिपुर मिडिया ग्रुपले पछिल्लो समय श्रमजीवीलाई गरेको व्यवहारको चौतर्फी बिरोध भइरहेको छ । केहि दिन देखि त्यहाँ कार्यरत श्रमिकहरुले कान्तिपुर पत्रिकाको वितरणमा पनि रोक लगाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३