पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उड्न लागेको यति एयरलाइन्सको जहाजको ‘ल्यान्डिङ गेयर’मा मुसा देखिएपछि उडान रोकिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वेलामा मुसा देखिएपछि सोमबार नियमित उडान तालिकाअनुसार बिहान ११:५० को उडान नम्बर ६७८ को जहाज रोकिएको विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले बताइन्।
उनकाअनुसार केही ‘डिले’ भएकाले दिउँसो पौने एक बजे उडानका लागि तयार थियो। जहाजमा ६० जना यात्रु थिए।
‘बोर्डिङका क्रममा एक यात्रुले जहाजको पछाडिको ल्यान्डिङ गेयरको वरपरी मुसा देख्नुभएछ। जहाजभित्रै पस्यो कि भन्ने आशंका भयो,’ उनले भनिन्, ‘उडान रद्द गरियो।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७