एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै बसेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् ।
ओलीले सोमबार साँझ नेपालसँग मञ्च सेयर गरेको तस्बिर पोष्ट गरेका हुन् । ओली र नेपाल दुवै सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा सहभागी भएका थिए ।
पूर्वप्रधानमन्त्रीका हैसियतमा दुवैलाई सँगै बस्ने व्यवस्था मिलाइएको थियो । सँगैको कुर्सीमा बसे पनि उनीहरुबीच संवाद भने भएन । नेकपाकालीन समयदेखि नै तिक्ततापूर्ण रहेको ओली–नेपाल सम्बन्धमा एमाले विभाजनपछि झनै दरार छ । सार्वजनिक रुपमै उनीहरुले एकअर्काविरुद्ध आरोप र टिप्पणी गर्दै आएका छन् ।
यतिसम्म कि ओली नेपाल सहभागी हुने कार्यक्रम वा बैठकमा जाँदैनन् । केही दिनअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाल थिएनन् । पार्टी बैठकमा नेपालले आफूलाई ओलीका कारण सर्वदलीय बैठकमा निषेध गरिएको गुनासो गरेका थिए ।
ओली बेलाबेला माधव नेपालको मुखै नहेर्ने पनि बताउँछन् । यस्तोमा ओलीले नेपालसँग बसेको तस्बिर शेयर गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३