उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताएका छन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले भने, ‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले अलि बढि नै प्राथमिकता दिएर कुनै पनि शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिन र शान्तमय वातावरण स्थापित गर्ने कुरामा हामी गम्भीर छौं ।’
उप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको हकमा पनि ऐनलाई प्रभावकारी रूपमा अगाडि बढाउने, कार्यान्वयन गर्ने र चिकित्सकहरूले जिम्मेवारीपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने बताएका छन् ।
सरकार र गृह मन्त्रालयसँग सम्बन्धित कुरालाई विशेष समस्यामा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३