नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेजिङस्थित ग्रेट हल अफ दि पिपलमा द्विपक्षीय वार्तापछि सम्झौतापत्रमा हस्तार भएको हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीबीच एक समझदारी र १२ वटा सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सो अवसरमा कृषि तथा पशुपंक्षी, प्राविधिक, औषधीजन्य वस्तुको आयात निर्यात, नेपाली तथा चिनीयाँ पुस्तक अनवादलगायतका विषयमा सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यसैगरी डिजिटल इकोनोमी प्रबर्दन गर्ने विषय र ग्री ऊर्जा प्रबर्दन तथा कार्व उत्सर्जनमा कटौतिको विषयमा पनि दुई देशबीच समझदारी भएको हो ।
चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद् र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३