राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गरेको छ ।
आइतबार प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय आयोग गठन गर्ने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त सात दलका शीर्ष प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् । तर, चाडपर्वको मुखमा सरकारले उच्च मूल्य वृद्धि गरेको भन्दै रास्वपाले त्यसको विरोध गरेको छ । रास्वपाले उक्त बैठक बहिस्कार गर्ने रास्वपा सभापति रवि लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराए ।
उनले फेसबुकमा लेखेका छन्, ‘‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।’’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३