राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगमको घाटाबारे यथार्थ निक्र्योल गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।
‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ?’ उनले भने, ‘निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’
त्यस्तै उनले, संविधान दिवसको अवसरमा दिएको आममाफिप्रति चर्को असन्तुष्टि पोखे । ‘राष्ट्रपति ज्यूले संविधान दिवसको दिनमा भोज राख्नु भएको थियो तर म सहभागि हुन सकिन् । तर संयोग बस त्यो भोज थिएन् । त्यो दिन दाहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिएको पार्टी रहेछ ।
म खुसि छु त्यो पार्टीमा त्यो जुठो खान परेन । नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधान जसलाई लिएर यो देशले आशा भरोसा राखेको छ ।’
सरकारको सिफारिसमा राष्ट्रपतिलले दिएका आममाफिप्रति रास्वपाले विरोध गर्दै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३