नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, असन्तुष्टिमा आगो लगाएर रोटि सेक्न चाहनेको भविष्य दुःखद् हुने टिप्पणी गरेका छन् ।
एक विशेष कुराकानीमा उनले, एमालेलाई पुरानो पार्टी भनिएकोप्रति असन्तुष्टि जनाउँदै एमाले गौरवपूर्ण इतिहास, विचार र गति भएको पार्टी भएकाले असन्तुष्टिमा आगो सल्काएर स्वार्थको रोटी सेक्नेहरुको भविष्य राम्रो हुनै नसक्ने दाबी गरे ।
पोखरेलले भने ‘कसरी यो पुरानो पार्टी हुन्छ ? जो गतिमा जीवन छ । त्यो कसरी पुरानो हुन्छ ? जसको गौरवपूर्ण इतिहास पनि छैन् । जसको भविष्यको मार्गचित्र पनि छैन । जसको अहिले संगठनात्मक संरचना पनि छैन । असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेहरुको भविष्य कस्तो हुन्छ ?’
पोखरेलले दलीय प्रणालीमा नयाँ पार्टीहरु आउने कुरालाई स्वाभाविक प्रक्रिया भन्दै योग्यता र क्षमताको आधारमा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न आवश्यक भएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३