राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बढ्दो महङ्गीको सवालमा सरकारले आफैं गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु सरकारकै अर्कमण्यता भएको टिप्पणी गरेकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजार चलायमान हुन नसक्दा यस वर्षको व्यापार व्यवसाय सुस्ताएको र व्यवसाय घाटा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘बजार चलायमान हुनुपर्ने तर यस वर्षको व्यापार व्यवसाय एकदमै सुस्ताएको छ । व्यवसाय घाटामा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । व्यापारीले सामान बेच्न सकेका छैनन् । उपभोक्ताले महङ्गी बढेर किन्न सकेका छैनन् । यस्ता विषयमा दीर्घकालीन योजना बनाउने सवालमा सरकारल चुकेकै हो । सरकारले आफै गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु अर्कमण्यता हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३