उत्तर कोरियाको बढ्दो आणविक खतराको बीच दक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ ।
कोरियाले शुक्रबार क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासूस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको हो ।
उत्तर कोरियाले गत हप्ता आफ्नै जासूसी उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको थियो । यो कदमले बढ्दो अन्तर–कोरियाली सुरक्षा प्रतिद्वन्द्वलाई संकेत गरेको बताइएको छ ।
उपग्रह स्थानिय समयअनुसार बिहान १०:१९ मा प्रक्षेपण भएको लगभग चार मिनेट पछि कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । यसले सामान्य रुपमा काम गरिरहेको बताइएको हो ।
उच्च रिजोल्युसन इमेजरीका लागि दक्षिण कोरियाले अमेरिकी व्यावसायिक र सैन्य सम्पत्तिहरूमा भर परेको हुनाले उत्तर कोरियाको जानकारी संकलन गर्न स्वतन्त्र सैन्य स्याटेलाइट नेटवर्क स्थापना गर्न दबाब दिइरहेको छ ।
एक इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड उपग्रहको साथ सुरु गर्दै दक्षिण कोरियाले उत्तर कोरियालाई राम्रोसँग निगरानी गर्न सन् २०२५ सम्ममा थप चारवटा उपग्रहहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।
यी उपग्रहहरूले पृथ्वीको सतहमा मौसमको प्रर्वाह नगरी डाटा संकलन गर्ने बताइएको छ ।
यो योजनाले दुई कोरियाबीच अन्तरिक्ष हतियारको दौडलाई चर्काउने कतिपयले विश्लेषण गरेका छन् । किनभने उत्तर कोरियाले नोभेम्बर २१ मा आफ्नो पहिलो जासुसी उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो र उसले यस वर्षको सुरुमा दुई असफल प्रयासहरू पछि छोटो अवधिमा थप प्रक्षेपण गर्ने वाचा समेत गरेको थयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३