काठमाडौं – पार्टीभित्रको विवाद दिनप्रतिदिन बढदै गएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्ने प्रस्ताव अगाडि सारेका छन् ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा नदिने अडान राख्दै ओलीले चैत्रमा गर्ने भनिएको महाधिवेशन मंसिरमै गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
ओलीको प्रस्तावप्रति प्रचण्डले मंसिरमै महाधिवशेन गर्ने प्रस्ताव सकारात्मक भएपनि लिखित प्रस्ताव नआएसम्म विश्वास गर्न नसकिने जवाफ दिएका थिए ।
बैठकमा प्रचण्डले विगतमा भएका निर्णय पनि कार्यान्वयन नभएकाले लिखित रुपमा प्रस्ताव ल्याउनुपर्ने माग गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७