काठमाडौँ – जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार पार्टीको कार्यक्रम सकिएपछि पार्टी प्रवेशको सह्राना गरेका छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘सिरहामा मुख्यतः नेकपा र नेका, राप्रपा त्याग गरी ३०० बढी नेता/कार्यकर्ता राजपामा प्रवेश !’ उनले स्टाटस लेख्ने बेलामा आफ्नो पाार्टीको नामसमेत बिर्सेर राजपा लेखेका छन् । केहि समय आगाडी मात्र समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी बनेको छ ।
कोरोनाको महामारीबीच दर्जनौं मानिसको भेला गराएर पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको भन्दै सामाजिक संजालमा जसपाको आलोचना भइ रहेको छ। पार्टी प्रवेश कार्यक्रममा अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७