काठमाडौ – कोरोना महामारीको जोखिम बढ्दै जाँदा काठमाडौंमा भने दैनिकजसो भिडभाडयुक्त जात्रा हुन थालेका छन् । गाईजात्राको भोलिपल्ट हरिसिद्धी भवानीका देवगणहरुलाई द्यो पखुः अर्थात् देउता नुहाउने पोखरी मा स्नान गराएर जात्रा मनाउने गरिन्छ ।
कोरोना महामारीको जोखिम हुँदा पनि विगतका बर्षझैं स्थानीहरुले तामझामका साथ जात्रा मनाएका छन् । यस जात्रामा देउतालाई राँगाको बलि चढाई राँगाको टाउको बोकेर पोखरीमा नुहाउने प्रचलन छ ।
सरकारले २५ जना बढीभेला नहुन निर्देशन जारी गरेको भएपनि उपत्यकाका स्थानीयले वेवास्ता गर्दै आएका छन् । मंगलबार पनि उपत्यकाका बिभिन्न ठाउँमा यस्तै बिशाल भिडभाडका बीच गाईजात्रा मनाईएको थियो । नेपाल समाचारपत्र दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७